समाज

तामाङ समुदायले मनाए सोनाम ल्होछार

तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन्।  

काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लास पूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन्। ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको छ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ। आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गर्दछन्। मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ।    

प्रकाशित: ८ माघ २०७९ १०:५३ आइतबार