समाज

प्लान इन्टरनेसनल नेपाल: तालिम र गोष्ठीमै २० करोड खर्च

झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेको छ।पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरिएको प्लानले जनाएको छ।

प्लान इन्टरनेसनलले सिन्धुलीमा शिक्षा, खानेपानी तथा सरसफाइ, बालबालिकाको संरक्षण तथा बालविकास, नेतृत्व र निर्णय, बालबालिकाको समान रूपमा सिक्ने परियोजना, कोभिड–१९ पुनस्र्थापना परियोजनालगायत क्षेत्रमा काम गरेको भन्दै ५ वर्षमा २० करोड ९३ लाख रूपैयाँभ खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सदरमुकाम सिन्धुलीमाढीमा भएको बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्लान नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा भौतिक पूर्वाधार विकासभन्दा धेरै सफ्टवेयरमा काम गरेको जनाइएको छ।प्रतिवेदनमा हार्डवेयरमाभन्दा धेरै सफ्टवेयरमा काम भएको देखाइएको छ।केही स्थानमा विद्यालय भवन निर्माण गर्ने तथा खानेपानीमा काम गर्ने गरेको जनाए पनि अधिकांश बजेट क्षमता विकास र व्यवहार परिवर्तन तथा जनचेतनामूलक कार्यक्रम गरेको भन्दै खर्च भएको विवरण खुलाइएको छ।प्लान नेपालका कार्यक्रम अधिकृत नृहितकुमार झाले प्लानले बालबालिकाको क्षेत्रमा धेरै काम गरेको बताए।उनले जिल्लाका ६ ओटा पालिकामा काम गरिरहेको जानकारी दिए।सन् २०१८ देखि २०२३ सम्ममा ३८ करोड पाँच लाख ७४ हजार बजेट रहेकोमाहालसम्म २० करोड ९३ लाख रूपैया खर्च भइसकेको उनले जानकारी दिए ।

प्लान नेपालको जिल्लास्थित कार्यक्षेत्र दुर्गमभन्दा बढी सुगम क्षेत्र मात्रै भएकाले दुर्गम र विकट क्षेत्रमा समेत गएर काम गर्न जिल्ला समन्वय समिति सिन्धुलीले निर्देशन दिएको छ।जिल्लास्थित सुगम नगर तथा गाउँपालिकामा गएर काम गरेको विवरण पेस भएसँगै समन्वय समितिले सिन्धुलीका दुर्गम मानिएका ­घ्यालेख हरिहरपुरगढी र फिक्कलमा समेत गएर काम गर्न निर्देशन दिएको हो।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले समन्वय समितिको अनुरोधलाई प्लानले स्वीकार गर्नुपर्ने भन्दै दुर्गम पालिकालाई छाडेर सुगममा मात्रै प्लान पुगेकाले दुर्गममा समेत जान अनुरोध गरे ।

‘जहाँ विकट त्यहाँ अझै प्लान पुगेको पाइएन, विकटका पालिकामा प्लान पुग्नुपर्छ,’ उनले भने।सरकारी क्षेत्रलाई गैरसरकारी संघसंस्थाले सहयोग गर्ने भन्दै उनले जिल्लामा गैरसरकारी संघसंस्थालाई कार्यक्रम गर्न समन्वय समितिको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।साथै समन्वय समितिसँग समन्वयकारी भूमिका खेलेर काम गर्न आग्रहसमेत गरे ।

प्रकाशित: ८ माघ २०७९ ००:३७ आइतबार