समाज

बारामा अज्ञात समूहद्वारा भारतीय नागरिकमाथि गोली प्रहार

महागढीमाई नगरपालिकाको बरियारपुरमा एक भारतीय माथि अज्ञात समूहले शुक्रबार बेलुका ६ बजे तिर गोली प्रहार गरेका छन्।

कलैया –परियारपुर हुलाकी सडक खण्डमा पर्ने बरियारपुरको भुतहि पुल नजिक रहेको एक होटलमा नास्ता गरि रहेको अवस्थामा भारतीय माथि गोली प्रहार गरिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले होटलमा नास्ता गरि रहेको अवस्थामा एक भारतीय माथि अज्ञात समूहले गोली प्रहार गरेको बताए।  

बोगटीका अनुसार घटनाको वारेमा अहिले बुझन काम भैरहेकोले छ। गोली हान्ने व्यक्तिको पहिचान गर्ने र गोली हान्ने समूहको खोजी भइरहेको उनले बताए। 

प्रकाशित: ८ पुस २०७९ १३:१८ शुक्रबार

गोली प्रहार