समाज

लमजुङमा सय वर्षीया धनसुब्बाले गरिन् मतदान

तस्बिर : देवेन्द्र गुरुङ/रासस

लमजुङमा सय वर्षीया ज्येष्ठ नागरिक धनसुब्बा देवी गुरुङले मतदान गरेकी छन्।

उनले मध्यनेपाल नगरपालिका वडा नम्बर-६ भोर्लेटारस्थित ईशानेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

प्रतिनिधिसभा निर्वाचनका क्रममा ज्येष्ठ नागरिकहरूको पनि उत्साहजनक सहभागिता देखिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:११ बिहीबार