समाज

सामुदायिक वनमा लागेको आगोमा जलेर १० वर्षीय बालक घाइते

सांकेतिक तस्बिर

दैलेखको तिलेपाटास्थित लालीगुरास सामुदायिक वनमा लागेको आगोले एक जना बालक गम्भीर घाइते भएका छन्।

जिल्लाको आठबिस नगरपालिका -८ मा लागेको आगोमा परेर सोही ठाउँका १० वर्षीय रोशन शाही गम्भीर घाइते भएका हुन्।

प्रहरीका अनुसार रोशन शाही आफ्ना साथीहरूसँग जंगलमा गोठालो गएको बेला खेल्ने क्रममा आगोको चपेटामा परेका थिए। आगोले उनको बायाँ भागको खुट्टादेखि टाउकोसम्म जलेको छ।  

उनलाई उपचारको लागि स्थानीय मेडिकलबाट सुर्खेत र सुर्खेतबाट नेपालगञ्ज हुँदै काठमाडौँसम्म रिफर गरिएको छ।

प्रकाशित: १३ पुस २०८२ १५:३६ आइतबार