समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–४, रौतहटको परोहा नगरपालिका–८, रौतहटको चन्द्रपुर नगरपालिका–१, धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ चिसापानी बजार र लमजुङको सुन्दरबजार नगरपालिका–७ कुमालटारमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकरएक जनाको मृत्यु भएको हो।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिका–२ पाकरगाछीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चितवनको  कालिका नगरपालिका–९ दब्यटारस्थित सडकमा उर्पदानगढीबाट शक्तिखोरतर्फ आँउदै गरेको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोचालक राप्ती नगरपालिका–९ का पूर्ण विकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २४ फाल्गुन २०८२ १७:१२ आइतबार