श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने युवाहरूलाई अवसर दिइने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। उनले श्रम संस्कृतिको सरकार आएको दिन युवाहरूलाई अवसर प्रदान गरिने र कुनै पनि युवा कामविहीन रहनु नपर्ने बताए।
'श्रम संस्कृतिको सरकार आएको दिन युवाहरूलाई अवसर दिइनेछ, काम बिनाको युवा रहनेछैनन्,' उनले भनेका छन्।
प्रकाशित: ७ कार्तिक २०८३ ११:०५ शनिबार