राजनीति

विश्व-गगनले गरे विशेष महाधिवेशनको उद्घाटन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

महाधिवेशनको महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्।महामन्त्रीद्वय थापा र शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्।

पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए।

पार्टीको नियमित महाधिवेशन समयमै हुन नसक्ने परिस्थिति बनेपछि दुई महामन्त्रीको आह्वानमा यो विशेष महाधिवेशन आयोजना गरिएको हो।

महाधिवेशन आयोजक समितिका अनुसार दिउँसो १ बजे उद्घाटन सत्र सुरु गर्ने तालिका रहे पनि कार्यक्रम केही ढिला गरी सुरु भएको थियो।

यस्तै, प्रतिनिधिहरूको नाम दर्ताका लागि आठ वटा ‘स्टल’ को व्यवस्था गरिएको छ। बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु गर्ने भनिए पनि ९ बजेदेखि मात्र नाम दर्ता सुरु भएको थियो।

प्रकाशित: २७ पुस २०८२ १४:१९ आइतबार