भदौ २३ का घटनासम्बन्धी अनुसन्धानमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिए पनि तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङमाथि भने फरक प्रक्रिया अपनाइने भएको छ।
सरकारको निर्णयअनुसार राजनीतिक नेतृत्वमाथि आयोगको सिफारिस कार्यान्वयन गर्दै पक्राउ गरिएको हो भने सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै अध्ययन समिति गठन गरी त्यसको सिफारिसपछि मात्र कारबाही अघि बढाइने बताइएको छ।
प्रहरीले ओली र लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गर्दै कानुनी प्रक्रिया अनुसार अगाडि बढाइने जनाएको छ । उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराइने तयारी छ।
प्रकाशित: १४ चैत्र २०८२ ११:११ शनिबार



