रास्वपा नेता तथा प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंह पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन् । चितवनमा आजदेखि पहिलो महाधिवेशन जारी छ ।
पछिल्लो समय प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहसँग तीव्र असन्तुष्ट रहेका उनले महाधिवेशनमा सहभागिता नजनाउनुलाई अर्थपूर्ण मानिएको छ।
उनका सहयोगीले कार्यव्यस्तताले अहिले कार्यक्रमस्थलमा पुग्न नसकेको तर साँझसम्ममा पुग्ने बताएका छन् ।
प्रकाशित: ७ असार २०८३ १७:११ आइतबार