भावी प्रधानमन्त्री बालेन्द्र साहले चैत १३ गते १२ बजेर ३४ मिनेटमा शपथ लिने चर्चापछि अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई मन नपरेको बताएका छन्।
अर्थमन्त्री खनालले भने, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति पनि मन परेन। हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन। तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो।’
बालेन साहको सचिवालयले निर्धारित साइतमै शपथ लिन राष्ट्रपति कार्यालयसँग समन्वय गरेको जनाएको छ। शपथ ग्रहण समारोहमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमको समेत व्यवस्था गरिएको छ।
जसमा १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गराउँदै ७ जना ब्राह्मणले शंखनाद गराउने तयारी रहेको छ ।
प्रकाशित: ११ चैत्र २०८२ १७:०२ बुधबार

