चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत अहिले उद्घाटनसत्र जारी छ ।
कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका छन् भने कार्यक्रममा सहभागी विभिन्न दलका नेताले घण्टी बजाएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सहभागी छन् ।
प्रकाशित: ७ असार २०८३ १५:५९ आइतबार


-600x400.jpg)
