राजनीति

‘नयाँसँग डराएर पुराना एक हुन लागेका हुन् ?’ भन्ने प्रश्नमा ओलीको व्यंग्य- असाध्यै डर लाग्यो, आमै !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै पुराना दलहरू डराएको भन्ने टिप्पणीप्रति व्यंग्य गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मीहरूले उनलाई प्रश्न गरेका थिए।

सो क्रममा एक सञ्चारकर्मीले ‘नयाँसँग डराएर पुरानाहरू एक हुन (मिल्न) लागेको हो ?’ भनी प्रश्न सोधेका थिए ।

जवाफमा अध्यक्ष ओलीले निकै व्यंग्यात्मक शैलीमा भने, ‘असाध्यै डर लाग्यो, आमै...!’

उनले हाउभाउ सहित डराएको अभिनय गर्दै उक्त प्रश्नलाई हल्का रूपमा लिएर टारिदिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलहरूको उदयपछि पुराना दलहरू मिलेर जान खोजेको भन्ने चर्चा चलिरहेका बेला ओलीले यसलाई अस्वीकार गर्दै व्यंग्य गरेका हुन्।

त्यसअघि गाडीमा चढ्ने क्रममा सञ्चारकर्मीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकता कहिले हुन्छ ? भनेर सोधेको प्रश्नमा ओलीले ‘तिमीलाई थाहा होला’ भन्दै संक्षिप्त प्रतिक्रिया दिएका थिए।

अध्यक्ष ओलीले समसामयिक राजनीतिका विषयमा सोधिएका अन्य प्रश्नहरूमा भने थप टिप्पणी गर्न चाहेनन्।

प्रकाशित: २३ पुस २०८२ १७:२५ बुधबार