राजनीति

हर्कको कटाक्ष : पाथिभरा मातासँग सिंहदरबार खरानी बनाउनेले के मागे? जनता जान्न चाहन्छन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहलक्षित गम्भीर टिप्पणी गरेका छन्। 

शनिबार उनले सिंहदरबार खरानी बनाउनेहरूले पाथिभरा मातासँग के भाकल गरे भन्दै प्रश्न गरेका हुन् ।    

सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार समेत रहेका उनले आफूले पाथिभरा मातासँग ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्’ भन्ने भाकल गरेको पनि स्पष्ट पारेका छन्।

उनले झापा ५ बाट उम्मेदवार शाहमाथि यसअघि पनि सिंहदरबार खरानी बनाएर रमाएको आरोप लगाउँदै आएका थिए। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्

मैले पाथिभरा मातालाई भाकेर भनें ‘मेरो राजनीतिक जीवनमा एक पैसा भ्रष्टाचार गरेर खाएको पल त्यहीँ मेरो मरण होस्,  सिंह दरबार खरानी बनाउनेहरुले चाहिँ के मागेछ? जनता जान्न चाहन्छन्।’ 

प्रकाशित: १० माघ २०८२ १२:४० शनिबार