राजनीति

'राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के होला ?'

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

लेखेकै आधारमा पत्रकार श्रेष्ठ पक्राउ पर्नु स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिविम्बित भएको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले समाचारको विषयमा उजुरी र छानबीन गर्न प्रेस काउन्सिल जस्ता निकायहरू रहेको अवस्थामा सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त नभएको बताए।

'पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको छ। समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठ पक्राउ पर्नु स्वतन्त्र प्रेसप्रति सरकारको कमजोर प्रतिबद्धता प्रतिविम्बित भएको छ,' उनले सामाजिक सञ्जालमार्फत भने, 'समाचारको विषयमा उजुरी र छानबीन गर्न प्रेस काउन्सिल जस्ता निकायहरू छन्, सिधै प्रहरी प्रशासनको प्रवेश गराएर सरकारले राजनीति गर्न खोज्नु उपयुक्त हुँदैन।'

उनले राज्यका सबै संयन्त्रको मनोबल कमजोर बनाएर सरकारले हासिल गर्न खोजिरहेको उपलब्धि के हो भन्दै उनले प्रश्न समेत गरे। साथै, स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्न, नियमन गर्नुपर्ने ठाउँबाट नियमन र पत्रकार श्रेष्ठलाई रिहा गर्न उनले माग गरे।

उनले भने, 'स्वतन्त्र प्रेसलाई निर्वाध काम गर्न देऊ, नियमन गर्नुपर्ने ठाउँबाट नियमन गर, पत्रकार श्रेष्ठलाई रिहा गर।'

प्रकाशित: २८ श्रावण २०८३ ०९:१८ बिहीबार