राजनीति

बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा निर्वाचितलाई बधाई दिँदै नेपालमा पनि त्यस्तै परिणाम आउने प्रतिक्रिया दिए।

भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुने बताएका हुन्।

अध्यक्ष ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ को चुनावी अभियानमा सहभागी हुन गृह जिल्ला आएका हुन। 

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, ‘चुनाव हुने भयो भने भाग लिन्छौं। चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि।’

निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्न टोलटोल पुग्ने उनको भनाइ थियो।

प्रकाशित: ३ फाल्गुन २०८२ १४:२४ आइतबार