राजनीति

राष्ट्रका नाममा सम्बोधन गर्दै के के भने प्रधानमन्त्रीले ? {पूर्णपाठ}

प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ पढ्नुहोस् ।

नमस्कार आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु।  

केही दिन अघि सुनसरीको देवानगंज सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशिल छ यस दुखद घटनामा परि निधन हुनु भएका हाम्रा नागरिकहरु जय प्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछु।  

साथै शोक सन्तप्त परिवार जनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कम वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिसकिएको छ। घटना भए लगत्तै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ।  

घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। स्थिति सामान्यकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आहवान गरि गहन छलफल गरिएको छ स्थानीय तह समय जनप्रतिनिधि नागरिक समाज विभिन्न धार्मिक गुरुहरु समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भैरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृड बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नु भएको छ।  

साथै देशको समग्र शान्ति सुरक्षाको अवस्था बारे गम्भीर समिक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसे परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ। यस्तो संवेदनशील घडीमा सामाजिक संजाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदाय बीच बैमनस्य बढाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।  

प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु सामाजिक सदवाद जोगाउनु र समाजमा शान्तिका कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो।  

आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौ पुरानो सामाजिक सद्भाव सैक्षणता र भाइचारा खलबोलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधि माथि कडा कदम चालिनेछन्।  

नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाड्ने शक्ति हो।  

संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो। देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्याय संगत हुन सक्दैन।  

आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सैष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठुलो शक्ति बनेको छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।  

हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आ जिम्मे संचार के माध्यम सबके धैर्यता संयमता अपनाके शान्ति सद्भाव भाइचारा राष्ट्रिय एकता कायम राखलेल सरकार के तरफ से हार्दिक अपिल कररहल्छ । धन्यवाद

प्रकाशित: १४ श्रावण २०८३ २०:५९ बिहीबार