नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उनको सुस्वास्थ्यको कामना गरेका छन्।
सानेपास्थित पार्टी कार्यालयमा बिहीबार आयोजित केन्द्रीय समिति बैठकको सुरुवात गर्दै सभापति थापाले देउवालाई स्वागत गरेका हुन्।
ललितपुरको सानेपामा गत आइतबारदेखि कांग्रेस केन्द्रीय समितिको बैठक जारी छ।
बिहीबार मध्याह्न १२:३० बजे बोलाइएको बैठक र देउवाको नेपाल आगमनको समय एकै परेको थियो। बैठकको सुरुवातमै सभापति थापाले भने, ‘निवर्तमान सभापति शेरबहादुर देउवालाई नेपालमा स्वागत छ, उहाँको सुस्वास्थ्यको कामना गर्दछु।’
गएको फागुनमा भएको निर्वाचनको पूर्वसन्ध्यामा उपचारका लागि विदेशिएका निवर्तमान सभापति देउवा बिहीबार मात्रै स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि देउवा सोझै आफ्नो निवासतर्फ लागेका छन्।
प्रकाशित: २८ श्रावण २०८३ १६:५४ बिहीबार