राजनीति

स्वास्थ्य बिमाको बक्यौता भदौभित्रै भुक्तानी गर्छौं: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा बापत अस्पताललाई तिर्नु पर्ने बक्यौता भदाै महिनाभित्रै भुक्तानी गर्ने बताएका छन् ।

सोमबार वीर अस्पतालको वार्षिक उत्सवको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले भने, ‘भदौ महिनाभित्र  सबै अस्पतालमा बिमाको बक्यौता भुक्तानी हुनेछ।’ यसको साथै यही वर्षदेखि बिमाको थैली दुई लाखमा वृद्धि गरेको बताए ।

प्रकाशित: १२ श्रावण २०८२ १७:२२ सोमबार