राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले रास्वपालाई दिएको मतादेशको जिम्मेवारी पूरा गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै लामिछानेले अब काम गर्ने बेला भएको र कामबाट पछि हट्ने छुट नहरेको बताएका छन् ।
उनले आफ्नो दलका सांसदलाई प्रश्न सोधेर आएको पार्टी रास्वपा भएको बताउँदै अब रास्वपा प्रश्न सोध्नमात्र होइन जवाफ दिन पनि जान्दछ भन्ने हिसाबले काम गर्ने बताए ।
जनताका काम र जनमुखी काम गर्न पार्टी र सरकार दृढताका साथ अघि बढाउने बताउँदै उनले प्रधानमन्त्रीले बोलेर वा काम गरेर जनताको पक्षमा भएका कामको जवाफ दिने लामिछानेले बताए ।
प्रकाशित: १९ चैत्र २०८२ १४:४७ बिहीबार