राजनीति

कांग्रेस मिलाउँछौँ, चुनावको टिकट नपाउनेलाई केन्द्रीय समितिमा ल्याउँछौँ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी भित्रको आन्तरिक विषय क्रमश: मिलाउने बताएका छन् । उनले अब चाँडै आन्तरिक असमझदारीका विषय समाधान गर्न पार्टी लाग्ने बताए ।  

पार्टीलाई एक ट्रयाकमा ल्याउन केहीसमय मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउँदै उनले आन्तरिक मतभेदलाई लामो समय राख्न नहुने बताए ।  

पार्टीको विशेष महाधिवेशन, लगत्तैको निर्वाचनका उम्मेदवार चयनले केही तलमाथि भएको भए पनि अब त्यसलाई मिलाउने थापाले बताए ।  

उनले भने, ‘हामी पार्टीभित्रको आन्तरिक गतिविधि पनि चाँडै मिलाउँछौँ । अहिले टिकट नपाउने केही साथीको गुनासो सुनेको छु । टिकट पाउनेलाई जिताउन र नपाउनेलाई केन्द्रीय समितिमा ल्याएर जिम्मेवारी दिने गरीको तयारी हामीले गरेका छौँ । अब मिलेर कांग्रेस बनाउनपर्छ । असहमति र असमझदारीलाई हटाउँदै मजबुद कांग्रेस बनाउने योजनामा जुट्न आवश्यक छ।’

प्रकाशित: ९ माघ २०८२ १६:३१ शुक्रबार