राजनीति

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएकी छिन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताईन् । मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यको स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताईन्।

नेपाल आयल निगमका प्रबन्ध निर्देशन नागेन्द्र साहले एक सातभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गरे। उनले मङ्गलबारमात्रै १३४ ग्यास बुलेट भित्रिएको बताए। उनले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गरे।

प्रकाशित: २७ श्रावण २०८३ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App