राजनीति

बाबुराम निस्केपछि प्रचण्डसँग कुरा भएको थियो, अब सम्पर्कमा छैन: पूर्वमन्त्री विष्ट

तत्कालीन नेकपा (माओवादी)का पूर्वनेता तथा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालसँग आफू सम्पर्कमा नरहेको बताएका छन्।

उनले लेखेका छन्, ‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो–बाबुराम निस्कनुभो, अब आउनुहोस्। अनि मैले भने–बाबुराम र मेरा बीचमा कुन वर्ग–दुश्मनी थियो र?! त्यसपछि हाम्रो कुराकानी भेटघाट छैन।’

माओवादीभित्र जनार्दन शर्माले पार्टी छोडेपछि पूर्वमन्त्री विष्टलाई समेट्नुपर्ने आवाज उठिरहेको बेला यस्तो बताएका हुन्। 

प्रकाशित: १९ कार्तिक २०८२ १०:५४ बुधबार