राजनीति

‘हामीलाई मन लाग्छ भने ताली नै ठोकौँ, टेबुल ठोक्दा मज्जा आएन’

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा सांसदले धारणा राख्दा मज्जा आए टेबलको साटो ताली नै ठोक्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले ताली ठोक्नुपर्ने ठाउँमा टेबुल ठोकेको राम्रो नदेखिएको बताए ।  

उनले ताली ठोक्न गरेको आग्रहसँगै सांसदहरूले ताली ठोकेका थिए ।

प्रकाशित: २७ चैत्र २०८२ १७:३७ शुक्रबार