राजनीति

हामी कुनै घुसपैठिया शक्ति होइनौँ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई स्थान हद तोक्ने, राहदानी रोक्का गर्ने र युवा संघलाई शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन आग्रह गरेका छन्।

आइतबार राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरूले लोकतन्त्रका लागि लडेर ल्याएका हक अधिकारलाई उपभोग गर्न पाउनुपर्ने माग गरेका हुन्। प्रशासन र प्रहरीलाई पूर्वजानकारी दिएर शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनुपर्ने उनको भनाइ थियो। 

‘हामी कुनै घुसपैठिया शक्ति होइनौँ। राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका शक्ति हौँ। त्यसकारण हामीविरुद्ध सरकारले संविधानविपरीत विरोध प्रदर्शनमा रोक लगाउने काम गर्नु हुँदैन,’ अध्यक्ष ओलीले भने। उनले उद्योगीहरूलाई ढुक्क भएर काम गर्न आग्रह गरेका थिए। आपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिए। रासस

प्रकाशित: २४ कार्तिक २०८२ ०७:४३ सोमबार