राजनीति

विदेशबाट पनि मतदान गर्न सक्ने सम्भावनाबारे छलफल गर्दैछौँ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने सम्भावनाका बारेमा सरकारले छलफल गरिरहेको बताएकी छन् ।  

राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्दै रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारे निर्वाचन आयोगसँग छलफल गरिरहेको बताइन ।  

उनले भनिन्, ‘रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाटसमेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’

प्रकाशित: ९ आश्विन २०८२ १८:२४ बिहीबार