जेन-जीको आन्दोलनमा दमन भएपछि धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीले ज्यान गुमाएका छन् । सरकारले आफ्नो सत्ता जोगाउन देशमा परिवर्तन चाहने पुस्ताको ज्यान लिएको भन्दै सामाजिक सञ्जालमा विरोध हुन थालेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले गोली समस्याको समाधान नभएको उल्लेख गर्दै दीर्घकाली समाधान खोज्न सुझाएका छन् ।
विगतदेखि नै युवापुस्ताको मागलाई सरकारले सुनुवाइ नगरेपछि जेनजी पुस्ता सडकमा आउनुपर्ने उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गोलीले विरोधी आवाज दवाउने नियत राखेको भन्दै आक्रोश पोखेका छ्न ।
यही विषयमा छलफल गर्न आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे बस्नेछ ।
प्रकाशित: २३ भाद्र २०८२ १५:३६ सोमबार