राजनीति

बालेन्द्र सरकारमा वाग्ले अर्थ र खनाल परराष्ट्र मन्त्री बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालयका अनुसार शपथभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नेछन्। शाहले दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ।

शाहसँगै आजै मन्त्रीहरूले पनि शपथ लिने तयारी छ। मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, गणेश पौडेल,प्रतिभा रावल लगायतको नाम चर्चामा छ। 

अहिलेसम्म रास्वपाले वाग्लेलाई अर्थ र खनाललाई परराष्ट्र मन्त्री बनाउने लगभग पक्का भएको स्रोतको दाबी छ।

प्रकाशित: १३ चैत्र २०८२ १०:११ शुक्रबार