राजनीति

काठमाडौंमा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौंका ८१७ वटै मतदान केन्द्रमा उत्साहका साथ मतदान जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।

निर्वाचनका लागि उच्चस्तरको शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले मतदाताहरू उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएको उनले बताए। प्रजिअ पौडेल नेतृत्वको टोली अहिले काठमाडौंका विभिन्न मतदानस्थलको अनुगमनमा निस्केको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १०:१५ बिहीबार