राजनीति

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्।  

बिहीबार जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैठौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन्। आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए।  

नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापति समेत रहेका रानाले भने,'चुनाव भनेको सही नेतृत्व चयन गर्ने महत्वपूर्ण दिन भएकोले मैले यो अवसरलाई गुमाउन चाहिँन।'

प्रकाशित: २१ फाल्गुन २०८२ १६:४१ बिहीबार