नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियता ठूलो हल्लाको विषय नै नभएको बताएका छन् ।
नागरिकको साप्ताहिक प्रस्तुती नागरिक हटलाइनमा कुराकानी गर्दै ज्ञवालीले आवश्यकता अनुसार पार्टीले निर्णय लिनु पर्ने बताए ।
उनले यो हल्ला गर्ने विषय नभएको बताउँदै हिजो पनि विद्या भण्डारी आफ्नो रहरले राष्ट्रपति नभएको र अब पनि पार्टीको आवश्यकता अनुसार अघि बढ्ने बताए ।
हिजो पार्टी कमिटीले निर्णय गरेरै उपाध्यक्षलाई राष्ट्रपति बनाएको र अब पनि उहाँको सक्रियतालाई निषेध गर्ने भन्ने विषयमा हल्ला गर्न नहुने ज्ञवालीले बताए ।
ज्ञवालीले एमालेले एमालेकै विरोध गर्नेलाई पनि पार्टीभित्र भित्र्याएको बताउँदै उनले अब पनि सोही अनुसार पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
प्रकाशित: १८ भाद्र २०८२ १९:३३ बुधबार