राजनीति

अत्यन्त दुःखद, कांग्रेसलाइ ठुलो क्षति : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस फुटमा पुगेपछि दु:ख व्यक्त गरेका छन्। 

मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस फेरि विभाजित भएसँगै भण्डारीले दु:ख व्यक्त गरेका हुन्। उनले कांग्रेसलाई ठुलो क्षति भएको बताएका छन्।

पार्टी फुटेपछि मिलेको विगतमा अनुभव आफूहरूसँग रहेको भन्दै उनले अथक प्रयास गर्दा पनि विभाजन रोक्न नसकेको जिकिर गरे।

'अत्यन्त दुःखद!!! कांग्रेसलाइ ठुलो क्षति!!! एक दिन मिल्नु नै छ,' भण्डारीले सामाजिक सञ्जालमा लेखे, 'जुन विगतको अनुभव हामीसँग छ। तर अथक प्रयास सफल हुन सकेन।'

पार्टी स्थापनाको झन्डै आठ दशक लामो आरोह अवरोहमा कांग्रेस तेस्रो पटक विभाजित हुन पुगेको छ। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वानसँगै कांग्रेस गठनको प्रक्रिया सुरु भएको थियो।

प्रकाशित: १ माघ २०८२ ०६:५३ बिहीबार