राजनीति

उषाकिरण भन्छिन्: देशको गरिमा जोगाउन पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किनु हुँदैन

फाइल तस्बिर

एमाले नेतृ उषाकिरण तिम्सेनाले पार्टीका थुप्रै निर्णयमध्ये एउटा राम्रो निर्णय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिनु भएको बताएकी छन्।

उनले देशको सर्वोच्च र गरिमामय राष्ट्रपति पदको गरिमा जोगाउन पनि भण्डारीलाई राजनीतिमा फर्कन नहुने धारणा राखेकी छन्। 

यस्तो छ उनको स्टाटस : 
एमालेका थुप्रै निर्णयहरूमध्ये एउटा राम्रो निर्णय विद्या भण्डारी राजनीतिमा नआउनुहोस् भन्ने थियो। देशको सर्वोच्च र गरिमामय राष्ट्रपति पदको गरिमा जोगाउन पनि वहाँ राजनीतिमा फर्किनु हुँदैन।

प्रकाशित: २५ आश्विन २०८२ १०:१६ शनिबार