राजनीति

उज्यालो नेपाल र रास्वपाबिचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणको सहमति ऐतिहासिक भएको बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै घिसिङले यस्तो बताएका हुन्। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ आफूहरू एक ठाउँमा उभिएको उनको भनाइ छ।

'उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ,' उनले भने, 'पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।'

यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएको उनले बताए। 'यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं,' उनले भने।

प्रकाशित: १५ पुस २०८२ ११:०१ मंगलबार