नेकपा (एमाले) ले प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने सर्वसम्मत निर्णय गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै एमालेले यस्तो निर्णय गरेको हो।
महासचिव शंकर पोखरेलले सचिवालयको ५८ औं बैठकले संसद पुनःस्थापनाको पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिए।
उनले सामजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्। पोखरेलले सामाजिक सञ्जालमार्फत् भने,‘केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको छ।’
शुक्रबार र आइतबार भक्तपुरमा बसेको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनाका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
प्रकाशित: २७ आश्विन २०८२ १०:२६ सोमबार