राजनीति

एमाले संकटबाट भाग्ने होइन, डटेर सामना गर्छ: शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले देशको राजनीतिक संकटसँग जुध्न सक्षम पार्टी भएको बताउँदै पार्टीलाई थप सुदृढ बनाउन आवश्यक रहेको टिप्पणी गरेका छन् ।  

दैलेखको पटांगीनी, दुल्लूमा आइतबार जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरताबाट जोगाउन एमालेलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।  

महासचिव पोखरेलले भदौ २३ र २४ गते देशका विभिन्न संवैधानिक निकायमा भएको तोडफोडलाई ‘राज्यलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र’का रूपमा चित्रण गरे । उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालतजस्ता संवैधानिक निकायमा आगो लगाउनु राष्ट्रविरुद्धको गम्भीर अपराध हो। हामी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्दै देशलाई निकास दिने अभियानमा अघि बढिरहेका छौँ।’

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ सक्रिय रहन अपील गरे ।  

 

प्रकाशित: ३० कार्तिक २०८२ २०:४३ आइतबार