राजनीति

एमालेले आज समानुपातिक तर्फका उम्मेदवारको नाम आयोगमा बुझाउँदै

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।

आइतबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो।

एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिए।

आयोगले सोमबार अपराह्न ४ बजेसम्म समानुपातिकको सूची दर्ता गर्ने समय दिएको छ।

प्रकाशित: १४ पुस २०८२ ०९:१५ सोमबार