पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ ।
शनिबारको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो। एमालेले काठमाडौंसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदैछ ।
एमालेले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै यो घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।
ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइसकेको छ ।
प्रकाशित: १५ चैत्र २०८२ १३:४७ आइतबार