राजनीति

एमाले भातृ संस्था अनेरास्ववियुका अध्यक्ष कडरियाद्वारा राजीनामा

 नेकपा (एमाले)को भातृ संस्था अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएको घोषणा गरेका छन्। आफ्नै मातृपार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले जेन–जीको माग सम्बोधन नगरी दमन गरेर १९ जनाको मृत्यु भएर आन्दोलन भड्किएपछि पद त्यागको घोषणा गरेका हुन्। 

‘समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु,’ कडरियाले आफ्नो राजीनामा घोषणा गर्दै लेखेका छन्।

 उनले अब जनताको सेवामा निरन्तर लाग्ने बताएका छन् । ‘सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको प्रज्ञाभुती भएको छ ,’ उनले भने , हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन!’ 

विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: २४ भाद्र २०८२ १४:०१ मंगलबार