राजनीति

एमालेको सचिवालय बैठक गुन्डुमा सुरु

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ। 

केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको नयाँ निवास गुन्डुमा सचिवालय बैठक सुरु भएको हो। गत शुक्रबारदेखि सुरु भएको बैठक अध्यक्ष ओली अस्वस्थ भएपछि शनिबार भने बस्न सकेन। 

बैठकमा पदाधिकारीले बोल्नेक्रम सुरु भएको छ। गत शुक्रबारको बैठकमा ९ जनाले धारणा राखेका थिए। 

बैठकमा बोल्ने अधिकांशले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाएका थिए।

प्रकाशित: २६ आश्विन २०८२ १२:५१ आइतबार