राजनीति

एमालेको सचिवालय बैठक गुण्डुमा

नेकपा एमालेको सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीको निवास गुण्डुमा बसेको छ।  

सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले दिउँसो संसदीय दलमा छलफल गरेको थियो भने  सचिवालयमा पनि सोही विषयले प्रवेश पाएको छ ।  

पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ । 

प्रकाशित: ९ असार २०८३ २०:०४ मंगलबार