राजनीति

भक्तपुरको गुन्डुमा एमाले सचिवालय बैठक सुरु

फाइल तस्बिर

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। जेन–जी आन्दोलनका क्रममा सत्ताबाट बाहिरिएपछि एमालेको सचिवालय बैठक आइतबार पहिलो पटक बसेको हो।  

बैठक भक्तपुरको गुन्डुमा बसेको छ। जहाँ अध्यक्ष केपी शर्मा ओलीले अस्थायी बसोबास गरिरहेका छन्। एमालेको यो सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरिरहेका छन्।  

एमालेभित्र ओलीले नेतृत्व छाड्नुपर्ने दबाब छ। सचिवालयमै उनी अल्पमतमा रहेको बताइन्छ। यो बेला बसिरहेको बैठकले कस्तो निर्णय गर्छ भन्ने चासो सर्वत्र छ।  

प्रकाशित: १२ आश्विन २०८२ १४:१९ आइतबार