राजनीति

एमालेको सचिवालय बैठक एक घण्टा ढिला गरि सुरू

नेकपा एमालेको सचिवालय बैठक एक घण्टा ढिला गरि सुरू भएको छ। 

मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो गरि सुरु भएको हो। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक बसेको हो। 

गत शनिबार पनि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो।

प्रकाशित: १७ चैत्र २०८२ १२:३९ मंगलबार