राजनीति

साढे ३ घण्टा ढिला गरी सुरु भयो एमाले सचिवालय बैठक

<br>

नेकपा एमालेको पुनर्गठन प्रतिवेदनबाट अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय हटाइएको छ।

यस विषयमा सहमति जुटेसँगै झण्डै साढे तीन घण्टा ढिला गरी पार्टीको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।

एमाले सचिव महेश बस्नेतका अनुसार कार्यदलभित्रको लामो छलफलपछि अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयलाई अन्तिम प्रतिवेदनमा समावेश नगर्ने सहमति भएको हो। यसअघि यी दुई विषय प्रतिवेदनमा राख्ने कि नराख्ने भन्नेमा एमालेभित्र विवाद उत्पन्न भएको थियो।

यही विवाद मिलाउन पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि सचिवालय बैठक प्रभावित बनेको थियो। दिउँसो १ बजेका लागि डाकिएको बैठक कार्यदलमा कुरा मिलेपछि साढे ४ बजेबाट मात्रै सुरु भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।

अहिले सचिवालय बैठक जारी छ।

प्रकाशित: ४ आश्विन २०८३ १६:५८ आइतबार