राजनीति

बागमतीको मुख्यमन्त्रीमा एमालेका थापामगरको दाबी

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले दाबी पेस गरेका गरेका छन्।

थापामगरले बुधबार नेपालको संविधान धारा १६८ को २ बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका हुन्।

थापालाई एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन गरेका छन्।

थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा दाबी पेस गरेका हुन्।

प्रकाशित: ३ भाद्र २०८३ १३:३० बुधबार