राजनीति

दार्चुलामा एमालेका ठगुन्ना विजयी

सुदूरपश्चिम प्रदेशको दार्चुला निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी भएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार ५७ वर्षीय ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

ठगुन्नाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५० वर्षीय उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे। निर्वाचित ठगुन्ना र जोशीबीच ३ हजार ५५ को मतान्तर रहेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५२ वर्षीय उम्मेदवार राजेश सिंह सामन्त (साउद) ८ हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ००:०७ आइतबार