राजनीति

एमालेको संकल्प-निर्णायक राष्ट्रिय शक्ति निर्माण, गन्तव्य-समृद्ध नेपाल सुखी नेपाली

नेकपा एमालेको यही भदौमा हुन लागेको विधान महाधिवेशनको नारा तय भएको छ। भदौ २० देखि २२ सम्म हुन लागेको दोस्रो विधान महाधिवेशनका लागि एमालेले नारा तय गरेको हो।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय भएको छ। 

ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशभरबाट दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी कुल दुई हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०८२ १५:२३ मंगलबार