राजनीति

एमालेमा जेन-जी समूहका २५ प्रतिशतलाई पार्टी कमिटीमा समावेश गर्न प्रस्ताव

एमाले सचिव योगेश भट्टराईले पार्टी भित्र जेन-जीको सहभागिता गराउन प्रस्ताव गरेको बताएका छन् ।  

नागरिकसँगको कुराकानी भट्टराईले जेन-जी आन्दोलनले पार्टी सुदृढीकरणको विषयलाई जोड दिएको बताउँदै अब पार्टीका सबै कमिटीमा जेन-जी समूहको कम्तीमा २५ प्रतिशत सहभागिता गराउन माग गरेको बताए ।  

उनले पार्टीको स्थानीय वडा कमिटीदेखि केन्द्रीय कमिटीसम्म जेन-जी समूहलाई समावेश गर्न माग गरेको बताए । 

प्रकाशित: २९ आश्विन २०८२ १९:४७ बुधबार