राजनीति

च्यासलमा देखिएको एमाले उपस्थिति

नेकपा एमालेले संविधान दिवसको अवसरमा पार्टी मुख्यालयमा एक कार्यक्रम आयोजना गर्‍यो । 

शुक्रबारको कार्यक्रममा जेन-जी आन्दोलनपछि सार्वजनिक नभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक गरिने भनिएको थियो। तर अध्यक्ष ओलीलाई सार्वजनिक नगरिए पनि काठमाडौंमा उपलब्ध एमाले नेता कार्यकर्ता मुख्यालयमा भेला भएका थिए ।  

भेलामा सहभागी नेता तथा कार्यकर्ताले यो विषय परिस्थितिमा संयमित भएर अघि बढ्नुपर्ने राय साटेका थिए । 

प्रकाशित: ३ आश्विन २०८२ १४:५८ शुक्रबार