राजनीति

एमाले पोलिटब्यूरो बैठक बस्दै, विद्या भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक बस्दै छ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्ने भएको हो। यसअघि बिहान ११ बजे बस्ने भनिए पनि अब बैठक १ बजे बस्ने जनाइएको छ।

बिहीबार बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ। हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ।

साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुने छ।

प्रकाशित: २ श्रावण २०८२ १०:१९ शुक्रबार

#KP Sharma Oli #NagarikNews